आज मिति २०७५ साल जेठ १८ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति र हेरफेर एवम् मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।
| क्र.सं. | नाम, थर | पद | कार्यविभाजन |
| १. | श्री के.पी. शर्मा ओली | प्रधानमन्त्री | |
| २. | श्री उपेन्द्र यादव | मन्त्री | स्वास्थ्य तथा जनसङ्ख्या । |
| ३. | श्री मोहम्मद इस्तियाक राई | मन्त्री | सहरी विकास । |
(छविन्द्र पराजुली)
प्रवक्ता


