सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीज्यूहरु र मन्त्रीज्यूहरुबाट शपथ

आज मिति २०७५ साल जेठ १८ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिम नियुक्ति र हेरफेर गरी मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 १. श्री के.पी. शर्मा ओली प्रधानमन्त्री
 २. श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा ।
३. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री स्वस्थ्य तथा जनसङ्‌ख्या ।
४. श्री रामबहादुर थापा मन्त्री गृह ।
 ५. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र ।
 ६. श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ।
 ७. श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि ।
८. श्री मातृकाप्रसाद यादव मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ।
 ९. श्री रघुबीर महासेठ मन्त्री भौतिक पूर्वाधार तथा यातायात ।
१०. श्री गोकर्ण विष्ट मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।
११. श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण ।
१२. श्री मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास ।
१३. श्री लालबाबु पण्डित मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ।
१४. श्री थममाया थापा मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ।
१५. डा. युवराज खतिवडा मन्त्री अर्थ ।
१६. श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद ।
१७. श्री रविन्द्रप्रसाद अधिकारी मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
१८. श्री शेरबहादुर तामाङ मन्त्री कानुन, न्याय तथा संसदीय मामिला ।
१९. श्री चक्रपाणी खनाल मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी ।
२०. श्री बीना मगर मन्त्री खानेपानी ।
२१. श्री गोकुलप्रसाद वाँस्कोटा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि ।
२२. श्री पद्माकुमारी अर्याल राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या ।
२३. श्री धनबहादुर बुढा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
२४. श्री रामकुमारी चौधरी राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी ।

साथै, आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीज्यूहरु र नवनियुक्त मन्त्रीज्यूहरुले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता