सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७४ साल फागुन १५ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
1. जर्जिया H.E. Mr. Archil Dzuliashvili गैरआवासीय
2. रोमानिया H.E. Mr. Radu Octavian Dobre गैरआवासीय
3. पोल्याण्ड H.E. Mr. Adam Wojciech Burakowski गैरआवासीय

 

(हरिप्रसाद दवाडी)

प्रवक्ता