आज मिति २०७४ साल पुस २० गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका मित्रराष्ट्र जाम्बियाका Army Commander Lieutenant General Paul MIHOVA, DFS psc plsc PM बाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र जाम्बियाबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र जाम्बिया सेनाबीच आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो ।
(कुलप्रसाद चुडाल)
प्रवक्ता