सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि क्यानाडाका (गैह्र आवासीय) महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७4 साल कार्तिक ७ गते मंगलबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि क्यानाडाका महामहिम राजदूत (गैह्र आवासीय) H.E. Mr. Nadir Patel ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध एवम् आपसी हितका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता