सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७४ साल कार्तिक १ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम
१. सहकारी विधेयक, २०७४
२. स्वास्थ्य बीमा विधेयक, २०७४
३. वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक, २०७४
४. प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक, २०७४

 

 

(कृष्णमुरारी न्यौपाने)

सहायक प्रवक्ता