शुभ दीपावली २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

शुभ दीपावली २०७४ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रत्येक नेपालीको घरघरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली बीचको आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्‌भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न शुभ दिपावली २०७४ ले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यबाद !

२०७४ साल कार्तिक २ गते बिहीबार ।