विज्ञप्ति
आज मिति २०७४ साल असोज ३० गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
| क्र.सं. | विधेयकको नाम |
| १. | मुलुकी देवानी (संहिता) विधेयक, २०७४ |
| २. | मुलुकी देवानी कार्यविधि (संहिता) विधेयक, २०७४ |
| ३. | मुलुकी अपराध (संहिता) विधेयक, २०७४ |
| ४. | मुलुकी फौजदारी कार्यविधि (संहिता) विधेयक, २०७४ |
| ५. | फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४ |
| ६. | केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७४ |
| ७. | भाषा आयोग विधेयक, २०७४ |
(कृष्णमुरारी न्यौपाने)
सहायक प्रवक्ता


