सम्माननीय राष्ट्रपतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यभार तोक्नु भएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आज मिति २०७३ साल असोज २९ गते शनिबारका दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू BRICS-BIMSTEC Leaders’ Outreach Summit मा भाग लिन जाने सिलसिलामा मित्रराष्ट्र गणतन्त्र भारततर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री  श्री विमलेन्द्र निधिज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

(दशरथ राई)

शाखा अधिकृत