सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang बाट शिष्टाचार भेट

आज मिति २०७४ साल श्रावण ३२ गते बुधबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Vice Premier H.E. Mr. Wang Yang ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा चीनका लागी नेपालका महामहिम राजदूत, नेपालस्थित चीनका महामहिम राजदूत एवम् नेपाल सरकार एवम् चीन सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता