आज मिति २०७४ साल श्रावण २६ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका भारतका विदेशमन्त्री महामहिम श्रीमती सुश्मा स्वराजले शिष्टाचार भेट गर्नु भयो । सो अवसरमा दुई देशबीच रहेको ऐतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ वनाउने विषयमा कुराकानी भएको थियो । उक्त भेटका अवसरमा भारतका लागि नेपालका महामहिम राजदूत तथा नेपालका लागि भारतका महामहिम राजदूत एवम् दुवै सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।
(मोहन प्रसाद वाग्ले)
प्रवक्ता