सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि बढाउन आह्वान

आज मिति २०७४ साल जेठ १८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ (सात) दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई सम्वत् २०७४ साल जेठ ११ गते बिहीबारका दिन आह्वान गरिएकोमा उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रकृया अघि वढाउनको लागि आह्वान गर्नुभएको छ ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता