सम्माननीय राष्ट्रपतिज्यूसमक्ष जर्मनीका राजदूतबाट बिदाई भेट

आज मिति २०७४ साल जेठ १८ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित जर्मनीका राजदूत
H.E. Mr. Matthias Meyer ले शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट महामहिम राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको भूमिकाप्रति महामहिम राजदूतलाई धन्यवाद समेत दिनुभयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

प्रवक्ता