सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कोलम्बियाका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल जेठ १२ गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालस्थित कोलम्बियाका राजदूत H.E. Ms. Monika Lanzetta ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने एवम् आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता