सम्माननीय राष्ट्रपतिज्यू दशौं गणतन्त्र दिवस, २०७४ का अवसरमा आयोजित जलपान कार्यक्रममा सरीक

आज मिति २०७४ साल जेठ १४ गते आइतबार दशौं गणतन्त्र दिवस, २०७४ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रपतिको कार्यालयमा जलपान समारोह सम्पन्न भयो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, व्यवस्थापिका संसदका सम्माननीय सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका विपक्षीदलका नेता एवम् पूर्व प्रधानमन्त्रीज्यू, पूर्व उपराष्ट्रपतिज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीज्यूहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरु लगायत विशिष्ट महानुभावहरु समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आमन्त्रित सम्पूर्ण अतिथीहरुलाई राष्ट्रपतिको कार्यालयका सचिव
श्री भूपेन्द्रप्रसाद पौड्यालले स्वागत गर्नु भएको थियो ।

 

 

(प्रल्हाद प्रसाद पुडासैनी)

२    सहायक प्रवक्ता