सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमुख आयुक्त र महालेखापरीक्षक पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्त पदमा कार्यरत श्री दीप बस्न्यात, उदयपुरलाई नेपालको संविधानको धारा २३८ को उपधारा (२) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा र संवैधानिक परिषद्को सिफारिसमा टंकमणि शर्मा (दंगाल), इटहरी-२, सुनसरीलाई नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ । आजै राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सर्वोच्च अदालतका सम्माननीय कायममुकाय प्रधान न्यायाधीश गोपाल पराजुलीसमक्ष नवनियुक्त प्रमुख आयुक्तज्यू तथा नवनियुक्त महालेखापरीक्षकज्यूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, व्यवस्थापिका-संसदका सम्माननीय सभामुखज्यू, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीज्यूहरु एवम् नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता