सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल जेठ ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अर्घारजस्थल, अर्घाखाँची निवासी प्रो.डा. चोपलाल भुसाललाई बङ्गलादेशका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(केशव प्रसाद घिमिरे)

उपसचिव