श्रीकृष्ण जन्माष्टमी पर्व, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

 

भगवान श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति  एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विभिन्‍न धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् । तसर्थ, हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न यस पर्वले सहयोग पुर्‍याउनेछ ।

हामी सम्पूर्ण नेपालीले हाम्रो पर्व, धर्म, सँस्कृति एवम् परम्परा जोगाउन आ–आफ्नो स्थानबाट सद्विचार र सत्कर्मका साथ चीरकाल पर्यन्त अक्षुण्ण राख्‍न सकौं भन्दै आपसमा प्रेम र मैत्री भावना जागृत गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाई मनुष्य जन्म सफल पार्न सकौँ,  श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा शुभकामना प्रकट गर्दछु ।

धन्यवाद !
मितिः २०७५ भाद्र १७ गते आइतबार ।