शुभ दीपावली २०७३ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

नेपालीहरुको महान पर्व शुभ दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

घरघरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीहरुको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली बीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‌भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्ररेणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

अन्तमा, यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपालीहरु एकजुट हुन्छौ, त्यसरी नै नेपालको संविधान मार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धीहरुको जर्गेना गरी समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न यस उज्यालो पर्वले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यबाद !

२०७३ साल कार्तिक १४ गते आइतबार ।