विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्री H.E. Mr. Mohamed Uvais Mohamed Ali Sabry, PC, MP ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।
२०८० साल पुस ६ गते शुक्रबार ।
(कृष्णप्रसाद लम्साल)
सहसचिव