राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो ।

२०७८ साल मङ्‌सिर २३ गते बिहीबार ।

(सागर आचार्य)

प्रवक्ता