राजदूत पदमा नियुक्त

आज मिति २०७७ साल फागुन ११ गते मङ्‌गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(जगन्नाथ पन्त)

प्रवक्ता