मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister of Foreign Affairs बाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका State Councilor and Minister of Foreign Affairs  H.E. Mr. Wang Yi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।

सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा विचारविमर्श भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

२०७८ साल चैत १३ गते आइतबार

(सागर आचार्य)

प्रवक्ता