विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०७९ साल पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति गरी कार्यभार तोक्नु भएको छ ।
क्र.सं. | नाम, थर | पद | कार्यविभाजन |
१. | श्री सुरेन्द्रराज आचार्य | मन्त्री | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय |
२. | श्री महिन्द्र राय यादव | मन्त्री | खानेपानी मन्त्रालय |
आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नवनियुक्त माननीय मन्त्री श्री सुरेन्द्रराज आचार्यज्यूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भयो ।
२०८० साल वैशाख २४ गते आइतबार ।
(सागर आचार्य)
प्रवक्ता