“मकर संक्रान्ति तथा माघी पर्व २०७४” का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनु भएको शुभकामना सन्देश

“मकर संक्रान्ति तथा माघी पर्व २०७४” को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वहरुको आ-आफ्नै राष्ट्रिय महत्व रहेको र यिनीहरुले नेपाललाइ विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन भन्ने मलाइ लागेको छ । यस्ता पर्वहरुले नेपालका विभिन्न जातजाति वीच एकआपसमा भाइचाराको सम्वन्ध वढाइ राष्ट्रिय एकता सुदृढ वनाउन मद्दत गर्नेछन भन्ने मैले विश्वास लिएको छु । हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।

अन्त्यमा, सिंगो नेपाली संस्कृति भित्रको एक महत्वपूर्ण चाडको रुपमा रहेको मकर संक्रान्ति/माघी पर्वले सबै नेपालीमा नयां उमङ्ग सहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीवीचको एकता, सद्‍भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्‍न सकोस भन्‍ने कामना गर्दछु ।

 

धन्यवाद !

२०७४ माघ १ गते  सोमबार