विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, सर्वोच्च अदालतको मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैद कट्टा) (पहिलो संशोधन) नियमावली, २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७८/११/७ गते देखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ (पाँच सय एक) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा माफी मिनाहा भएको छ ।
२०७८ साल फागुन ६ गते शुक्रबार ।
(सागर आचार्य)
प्रवक्ता