प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको

आज मिति २०७६ साल कात्तिक १७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति  
श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।

क्र.सं. नामथर प्रदेश
१ प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, धनकुटा १
२ श्री रत्नेश्वर लाल (कायस्थ), काठमाडौं २
३ श्री अनुराधा कोइराला, काठमाडौं ३
४ श्री बाबुराम कुवंर, अर्घाखाँची गण्डकी प्रदेश
५ श्री उमाकान्त झा, धनुषा ५
६ श्री दुर्गा केशर खनाल, सुर्खेत कर्णाली प्रदेश
७ श्री मोहनराज मल्ल, कैलाली सुदुर पश्चिम प्रदेश

   (हरि प्रसाद दाहाल)

   प्रवक्ता