विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि इजिप्टका राजदूत H.E. Ms. Noha Hamdy Ahmed ElGebaly ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । साथै, सम्माननीय राष्ट्रपतिज्यूले गत वर्ष सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (COP 27) सफलतापूर्वक सम्पन्न गरेकोमा इजिप्ट सरकारलाई बधाई समेत दिनुभयो ।
२०८० साल साउन २२ गते सोमबार
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता