“तमूल्होसार पर्व २०७४” का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेपालमा विभिन्‍न जातजातिले मनाउने विभिन्‍न चाडपर्वहरुले विश्‍वमा नेपालको छुट्टै पहिचान बनाएका छन् भने तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरुले हिमाल, पहाड, तराइ र मधेसमा बस्ने सबै नेपालीबीच वन्धुत्व र एकताको भावना वढाउन मद्दत गरेका छन् । नेपालका अमूल्य गहनाका रुपमा मनाइने यस प्रकारका संस्कृति, चाडपर्व तथा धार्मिक रितिरिवाजको संरक्षण र सम्वर्द्धन गर्न सकेमा यिनीहरुले सदियौ सम्म नेपालको चिनारी विश्‍व सामु गर्नमा मद्दत गर्ने छन् भन्‍ने मलाइ लागेको छ ।

अन्तमा, तमू गुरुङ्ग समुदायको यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी नेपालीबीच आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७४ पौष १५ गते शनिबार ।