विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Xizang Autonomous Region का Party Secretary H.E. Mr. Wang Junzheng ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले हालै जाजरकोट र रूकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै विपद् पश्चातको पुन:उत्थान र पुननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको लागि प्रशंसा समेत गर्नुभयो।
२०८० साल कात्तिक २३ गते बिहीबार ।
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता