आज मिति २०७६ साल पुस २ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।
तपसिल
| सि.नं. | राजदूतहरुको नाम | आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश | गैरआवासीय राजदूत नियुक्त गरेको देश |
| १. | श्री उदयराज पाण्डे | मलेसिया | ब्रुनाई दारुसलाम |
| 2. | श्री गणेशप्रसाद ढकाल | थाइल्याण्ड | क्याम्बोडिया, लाओस र भियतनाम |
| 3. | श्री अमृतबहादुर राई | संयुक्त राष्ट्रसंघ, न्यूयोर्क | इक्वेडर |
| 4. | श्री भृगु ढुङ्गाना | क्यानडा | क्यूवा |
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता



