गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामिण मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष गणतन्त्र कोरियाका The Honourable Minister for Agriculture, Food and Rural Affairs H.E. Mr. Chung Hwang-Keun नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ थप प्रगाढ हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया एक महत्त्वपूर्ण र विश्वासिलो साझेदारको रूपमा रहेको बताउँदै KOICA मार्फत नेपालले विभिन्न क्षेत्रमा प्राप्त गरेका प्राविधिक सहयोग र जनशक्ति विकासका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

२०८० साल कात्तिक १६ गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता