ओहोदाको प्रमाणपत्र ग्रहण

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका आवासीय राजदूत H.E. Shri Naveen Srivastava ले राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

२०७९ साल असार १६ गते बिहीबार

(सागर आचार्य)

प्रवक्ता