विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०८० साल असोज १५ गते सोमबार ।
(बसन्त प्रसाद पन्थी)
सहायक प्रवक्ता