ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री श्री नारायणप्रसाद साउदज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. स्वीट्जरल्याण्ड H.E. Ms. Danielle Meuwly Monteleone आवासीय
२. यूरोपियन युनियन H.E. Ms. Lorenzo Veronique आवासीय
३. स्विडेन अधिराज्य H.E. Mr. Jan Thesleff गैरआवासीय
४. हंगेरी H.E. Mr. István Szabó गैरआवासीय
५. चेक गणतन्त्र H.E. Dr. Eliśka Žigová गैरआवासीय

२०८० साल असोज १८ गते बिहीबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

H.E. Ms. Danielle Meuwly Monteleone, Ambassador of Switzerland H.E. Ms. Lorenzo Veronique, Ambassador of European Union
H.E. Mr. Jan Thesleff, Ambassador of Sweden H.E. Mr. István Szabó, Ambassador of Hungary
H.E. Dr. Eliśka Žigová, Ambassador of Czech Republic