गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत श्री विष्णु पुकार श्रेष्ठलाई मंगोलियाको लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्रा. डा. राम स्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ।

२०८० साल असोज १४ गते आइतबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता