कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा मिति २०७९/११/०७ गते देखि लागू हुने गरी बिष्णुकुमार लिम्बुसमेतका ३८१ (तीन सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ ।

२०७९ साल फागुन ५ गते शुक्रबार ।

(लीलाकान्त पौडेल)

सहायक प्रवक्ता