सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७७ साल वैशाख २२ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७७ साल वैशाख २१ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल वैशाख २६ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राजदूत पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७७ साल बैशाख १४ गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री महेन्द्रबहादुर पाण्डेले राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश खारेज

आज मिति २०७७साल बैशाख १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ २. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ २. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता  

विज्ञप्ति

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) का कारण विशेष परिस्थिति उत्पन्न भएकोले यस कार्यालयको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेट मध्येबाट रु. ९ करोड ५० लाख नेपाल सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७7 साल बैशाख 5 गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

“कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लाई सहयोग प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७६ चैत १० गते, सोमबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल चैत्र ७ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम १ औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, 2053 लाई संशोधन गर्न बनेको विधेयक   (हरि प्रसाद दहाल) प्रवक्ता  

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता