राजदूत पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७७ साल बैशाख १४ गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री महेन्द्रबहादुर पाण्डेले राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता