सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पशुपति क्षेत्रको बनकाली उद्यानको समुद्घाटन कार्यक्रममा गर्नु भएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्रीज्यू, माननीय प्रदेशसभाका सांसदज्यूहरू पशुपति क्षेत्र विकास कोष तथा राधा माधव सेवा समितिका पदाधिकारीज्यूहरू, विशिष्ट व्यक्तित्वहरू, राष्ट्रसेवक कर्मचारी तथा उपस्थित महानुभावहरू । पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा  व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको यस वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण हुन लागेकोमा मलाई खुसी लागेको छ । हालसम्म यसको व्यवस्थापन र संरक्षणका लागि म श्री राधा माधव सेवा समितिलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको वृहत्तर हितका लागि स्थापित स्वायत्त र अविच्छिन्न  उत्तराधिकारवाला संस्था भएकाले यस परिसर भित्रका पूजाआजा Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा गर्नु भएको सम्बोधन

कार्यक्रमका सभापति जी, माननीय प्रकाशमान सिंह, माननीय गगनकुमार थापा, माननीय एवं स्व नविन्द्र की धर्मपत्नी सपना राजभण्डारी, माननीय विराज भक्त श्रेष्ठ, एवं यस कायक्रममा उपस्थित परिवारजन र  महानुभावहरू सर्वप्रथम पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नु भएकोमा यस कार्यक्रमका आयोजक, शालिक निर्माण समिति एंव प्रतिनिधिसभा सदस्य सपना राजभण्डारीप्रति धन्यवाद प्रकट गर्न चाहन्छु । आफ्नो राजनीतिक विचार र आस्थाप्रति सधै इमान्दार र निष्ठावान भई त्यसैका  माध्यमबाट नेपाली जनता, समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि जीवनभर एउटा इमान्दार सिपाहींको रुपमा काम गर्दा गर्दै असामयिक मृत्युवरण गर्नुभएका पूर्वमन्त्री नविन्द्रराज जोशीप्रति म यस घडीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । जोशीको Read More …