सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले पशुपति क्षेत्रको बनकाली उद्यानको समुद्घाटन कार्यक्रममा गर्नु भएको सम्बोधन
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्रीज्यू, माननीय प्रदेशसभाका सांसदज्यूहरू पशुपति क्षेत्र विकास कोष तथा राधा माधव सेवा समितिका पदाधिकारीज्यूहरू, विशिष्ट व्यक्तित्वहरू, राष्ट्रसेवक कर्मचारी तथा उपस्थित महानुभावहरू । पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको ऐतिहासिक पौराणिक महत्वको यस वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण हुन लागेकोमा मलाई खुसी लागेको छ । हालसम्म यसको व्यवस्थापन र संरक्षणका लागि म श्री राधा माधव सेवा समितिलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको वृहत्तर हितका लागि स्थापित स्वायत्त र अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले यस परिसर भित्रका पूजाआजा Read More …