विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कालिकोट जिल्ला पलाता गाउँमा २०७५ पौष ८ गते भिषण आगलागी भएको विषयमा ट्वीट गर्नुभएको छ । ट्वीटको व्यहोरा संलग्न छः

कालिकोट जिल्ला पलाता गाउँमा २०७५ पौष ८ गते आगलागी भई ८८ घरधुरी नष्ट हुँदा सयौँ विस्थापनमा पर्नुपरेको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात र पशुधनको क्षति भएको घटनाले मलाई अत्यन्त दुःखित तुल्याएको छ । सम्बद्ध पक्षबाट राहत तथा उद्धारमा थप तदारूकताको अपेक्षा लिएको छु ।

 

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता