प्रेस नोट

सम्माननिय राष्ट्रपतिज्यूबाट बडादशैं २०७४ को अवसरमा मिति २०७४ असोज १४ गते शनिबार विजयादशमीका दिन सम्माननिय राष्ट्रपतिज्यूको हातबाट टीका ग्रहण गर्न इच्छुक सम्माननियज्यूहरु, माननिय उपप्रधानमन्त्री एवम् मन्त्रीज्यूहरु, व्यवस्थापिका-संसदका माननीय सदस्यज्यूहरु लगायत विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह 2:०० बजेदेखि ३:०० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह 3:०० बजे देखि टीकाको कार्यक्रम रहेको हुँदा सो दिन  शीतलनिवासको गेट नं. 1 को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता