सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले इन्द्रजात्रा पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व ,२०८१ को शुभकामना सन्देश कुमारी इन्द्रजात्रा पर्व, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकोमा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। सो अवसरमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. गणतन्त्र अजरवैजान H.E. Mr. Elchin Huseynli गैरआवासीय २. गणतन्त्र कोलम्बिया H.E. Dr. Victor Echeverri Jaramillo गैरआवासीय ३. नेदरल्याण्ड H.E. Ms. Marie Louisa Gerards गैरआवासीय ४. गणतन्त्र इस्टोनिया H.E. Ms. Marje Luup गैरआवासीय २०८१ साल भदौ ३१ गते सोमबार। ने.सं. ११४४ ञलाथ्व १३ सोमबार। (शैलजा Read More …

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा 93 को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 20८१/५/३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौ ३१ गते सोमबार राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ। २०८१ साल भदौ ३१ गते सोमबार। ने.सं. ११४४ ञलाथ्व १३ सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०८१ साल भदौ ३० गते आइतबार। ने.सं. ११४४ ञलाथ्व १२ आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०८१ को शुभकामना सन्देश  राष्ट्रिय बाल दिवस, २०८१ को अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई  एवम् शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस धुमधामका साथ मनाइदैँ आइएको छ । यसै अनुरूप यस वर्ष ” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाउन लागिएको छ । बालबालिकाको लागि लगानी भनेको उनीहरूको पालनपोषण, शिक्षा दीक्षा, संरक्षण एवम् विकासका लागि गरिने लगानी हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको  रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका सम्बन्धी नियमावली, Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूलगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. म्यानमार H.E. Mr. Myo Myint Maung आवासीय २. अष्ट्रेलिया H.E. Ms. Leann Elizabeth Johnston आवासीय ३. फ्रान्स H.E. Ms. Virginie Corteval आवासीय ४. जाम्बिया H.E. Mr. Percy Patson Chanda गैरआवासीय २०८१ साल भदौ २७ गते बिहीबार। ने.सं. Read More …

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/०८० र  २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८१ साल भदौ २५ गते मङ्‌गलबार। ने.सं. ११४४ ञलाथ्व ७ मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नवनियुक्त प्रधान सेनापति पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (१) बमोजिम नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । २०८१ साल भदौ २४ गते सोमबार। ने.सं. ११४४ ञलाथ्व ६ सोमबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हरितालिका (तीज), २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तीज), २०८१ को शुभकामना सन्देश नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका (तीज), २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवम् पारिवारिक सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बी महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्‍चमीसम्म मनाउने यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । यस पर्वमा नेपाली नारीहरूले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यस चाड मनाउँदै आइरहेको मैले महसुस गरेको Read More …

भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८१ साल भदौ १९ गते बुधबार। ने.सं. ११४४ ञलाथ्व १ बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता