विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ २०८१/५/१३ २०८१ साल भदौ १३ गते बिहीबार। ने.सं. ११४४ गुँलागा ११ बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देलज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०८१/५/२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको छ। २०८१ साल भदौ १२ गते बुधबार। ने.सं. ११४४ गुँलागा १० बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

ओमानका परराष्ट्रमन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनुभएका ओमानका परराष्ट्रमन्त्री H.E. Sayyid Badr Hamad Al Busaidi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र ओमानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र ‌ओमानले आपसी हित र सरोकारका विषयमा संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन र एशियाली सहयोग संवाद लगायत बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आइरहेको बताउँदै भविष्यमा पनि यस प्रकारको सहकार्यलाई निरन्तर दिने विश्वास व्यक्त गर्नुभयो। २०८१ साल भदौ ११ गते मङ्‌गलबार। ने.सं. ११४४ गुँलागा ८ मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०८१ को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व,२०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व धुमधामका साथ मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । गीताको माध्यमबाट सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गौरा पर्व, २०८१ को अवसरमा दिनु भएको शुभकामना सन्देश

गौरा पर्व, २०८१ को शुभकामना सन्देश गौरा पर्व, २०८१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ  जसको फलस्वरूप  शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा”  अर्पण गरी Read More …

मधेशी आयोगबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगका माननीय अध्यक्ष डा. विजय कुमार दत्तले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो। २०८१ साल साउन ३० गते बुधबार। ने.सं. ११४४ गुँलाथ्व ९ बुधबार। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

नेपालका लागि अष्ट्रेलियाका राजदूतबाट शिष्टाचार विदाई भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Ms. Felicity Jane Volk ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो। सो अवसरमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले राजदूत Ms. Volk लाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। २०८१ साल साउन २८ गते सोमबार। ने.सं. ११४४ गुँलाथ्व ८ सोमबार। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता  

गणतन्त्र भारतका विदेश सचिवबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनुभएका गणतन्त्र भारतका विदेश सचिव श्री विक्रम मिश्रीले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। २०८१ साल साउन २७ गते आइतबार। ने.सं. ११४४ गुँलाथ्व ७ आइतबार। (बसन्त प्रसाद पन्थी) सहायक प्रवक्ता

मौजुदा मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌को मर्यादाक्रम देहाय अनुसार हेरफेर गर्नुभएको छ । क्र.सं. नाम थर पद कार्यविभाजन १ श्री केपी शर्मा ओली प्रधानमन्त्री २ श्री प्रकाशमान सिंह उपप्रधानमन्त्री  सहरी विकास ३ श्री विष्णुप्रसाद पौडेल उपप्रधानमन्त्री अर्थ ४ श्री पृथ्वी सुब्बा गुरुङ मन्त्री सञ्चार तथा सूचना प्रविधि ५ श्री रमेश लेखक मन्त्री गृह ६ श्री शरतसिंह भण्डारी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा ७ डा. आरजु राणा मन्त्री परराष्ट्र ८ श्री प्रदीप यादव मन्त्री खानेपानी ९ श्री बलराम अधिकारी मन्त्री भूमि Read More …

राज्यमन्त्री पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संवत् २०८१ साल असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायका व्यक्तिहरूलाई राज्यमन्त्री पदमा नियुक्त गरी तपसिल बमोजिमको मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ। क्र.सं. नाम थर पद कार्यविभाजन १ श्री अरूणकुमार चौधरी राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन २ श्री रुपा वि.क. राज्यमन्त्री वन तथा वातावरण ३ श्री पूर्णबहादुर तामाङ राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ २०८१ साल साउन १८ गते शुक्रबार। ने.सं. ११४४ दिल्लागा, १३ शुक्रबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता