गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले  नेपालको संविधानको धारा २८२ को उपधारा (१)  बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत श्री सुधिर भट्टराईलाई मोनाकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु भएको छ। २०८१ साल असार २० गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

मन्त्रीहरूको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री  रामचन्द्र पौडेलज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय उपप्रधानमन्त्री एवम्  भौतिक पूर्वधार मन्त्री श्री रघुबीर महासेठ, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री पदम गिरी, माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री श्री ज्वालाकुमारी साह, माननीय भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री बलराम अधिकारी, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी, माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री भगवती चौधरी, माननीय खानेपानी मन्त्री श्री राजेन्द्रकुमार राई र माननीय रक्षा मन्त्री श्री हरिप्रसाद उप्रेतिले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्री श्री Read More …

संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम खाँदवारी नगरपालिका वार्ड नम्बर ०२, कोशी प्रदेश, संखुवासभा जिल्ला निवासी श्री सुरेश अधिकारीलाई संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको  छ। २०८१ साल असार १८ गते मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१/३/१८ २०८१ साल असार १८ गते मङ्‌गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता