गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामिण मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष गणतन्त्र कोरियाका The Honourable Minister for Agriculture, Food and Rural Affairs H.E. Mr. Chung Hwang-Keun नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ थप प्रगाढ हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया एक महत्त्वपूर्ण र विश्वासिलो साझेदारको रूपमा रहेको बताउँदै KOICA मार्फत नेपालले विभिन्न क्षेत्रमा प्राप्त गरेका प्राविधिक सहयोग र जनशक्ति विकासका लागि धन्यवाद ज्ञापन गर्नुभयो। २०८० साल कात्तिक १६ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतारोहण सङ्घको वार्षिकोत्सव समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीज्यू, अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ (UIAA) का अध्यक्ष पिटर मुइर, एसियाली पर्वतारोहण महासङ्घ (UIAA) का अध्यक्ष डा. इन ज्युङ ली, एसियाली पर्वतारोहण महासङ्घमा सहभागी हुन आउनुभएका प्रतिनिधिहरू, उपस्थित महिला तथा सज्जनवृन्द !   नेपाल पर्वतारोहण सङ्घले हिमाल तथा हिमाली पर्यटनको प्रवद्र्धन क्षेत्रमा कार्यरत रहेर पचास वर्ष पूरा गरेको यस अवसरमा म हृदयदेखि नै बधाई दिन चाहन्छु । यो अवधिमा सङ्घ विभिन्न आरोहअवरोहबाट गुज्रिए पनि विगत पाँच दशकमा पर्वतारोहण पर्यटनको क्षेत्रमा यस संस्थाले छुट्टै छवि निर्माण गर्न सक्नु खुसीको विषय हो । हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण सङ्घले पुर्‍याएको योगदानलाई Read More …