सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नव वर्ष २०८० सालको अवसरमा दिनुभएको शुभकामना सन्देश

नव वर्ष २०८० को शुभकामना सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नव वर्ष २०८० सालको आरम्भमा यहाँहरूको सुख, शान्ति, समृद्धि एवं हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि स्वस्थ जीवन र खुसी प्रदान गर्न सकोस्, विधातासँग यही मेरो प्रार्थना छ । सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्ने कुरामा मेरो प्रतिबद्धता छ । संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा होस् वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरेमात्र मुलुकमा Read More …

महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । २०७९ चैत ३० गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २६२२ औँ महावीर जयन्तीको अवसरमा दिनुभएको सन्देश

२६२२ औँ महावीर जयन्तीको सन्देश जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल लगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको Read More …