सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बडा दसैँ, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

बडा दसैँ, २०७९ को शुभकामना सन्देश नेपालीहरूको महान् चाड बडा दसैँ, २०७९ को पावन अवसरमा विश्‍वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालीहरूको सबभन्दा ठूलो चाडको रूपमा रहेको बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ । वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडा दसैँ पर्वको धार्मिक‚ सांस्कृतिक‚ सामाजिक र आर्थिक आयामहरू रहेका छन् । नवदुर्गाको पूजा अर्चना गर्ने‚ मीठो मसिनो खाने‚ नयाँ राम्रो Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ को शुभकामना सन्देश ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्‍वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि ‘ज्येष्ठ नागरिक उत्थानशीलता: बदलिँदो विश्‍वको लागि अपरिहार्यता’ भन्ने मूल विषय निर्धारण गरेको छ । यही मूल विषयलाई केन्द्रविन्दुमा राखेर आज Read More …

प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय तिलक परियार क्यानडाको ओटावामा २०७९ असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार सम्माननीय प्रधानमन्त्रीको सिफारिस बमोजिम लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनलाई तोक्नु भएको छ । २०७९ साल असोज १४ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत H.E. Randy W. Berry ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र अमेरिका बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल असोज १३ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लोक सेवा आयोगको ६३ ‌औं वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल असोज १३ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

टीका प्रसाद प्रदान हुने कार्यक्रम सम्बन्धी प्रेस नोट

प्रेस नोट बडादशैं, २०७९ को अवसरमा मिति २०७९ असोज १९ गते बुधबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट देहाय बमोजिमको  समय तालिकामा टीका प्रसाद प्रदान हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । देहाय क्र.सं. विवरण समय १ सम्माननीयज्यूहरू, माननीय मन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू अपरान्ह २:०० बजे देखि ३:०० बजे सम्म २ सर्वसाधारणहरू अपरान्ह ३:०० बजे देखि ५:०० बजे सम्म पोशाक: मर्यादित प्रवेशद्वार: प्रवेशद्वार नं. १ २०७९ साल असोज १३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको Read More …

विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक २०७९/६/९ २ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/६/९ २०७९ साल असोज ९ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७९ लाई गर्नु भएको सम्बोधन

माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री, प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पदाधिकारीहरू, आज सम्मानित तथा पुरस्कृत पत्रकारहरू, राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द ! प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्दै काउन्सिल परिवारलाई हार्दिक बधाई र शुभकामना प्रकट गर्दछु । साथै‚ आज पुरस्कृत तथा सम्मानित हुने पत्रकारहरूलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । राज्यको चौथो अङ्गको रूपमा समाजले सम्मान प्रदान गरेको पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण‚ सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता Read More …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०७९ साल असोज ५ गते बुधबार । (सागर आचार्य) प्रवक्ता