सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना सन्देश  नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको छ । थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ । मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता खाद्य परिकार सेवन गर्ने Read More …

सम्माननीय राष्ट्रपतिज्यूले पृथ्वीनारायण शाहको ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा दिनुभएको सन्देश

३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहेको छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित छ । नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन Read More …

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम जर्मनीका लागि नेपालको आवासीय राजदूत श्री रामकाजी खड्कालाई गणतन्त्र पोल्याण्ड, हंगेरी र चेक गणतन्त्रका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । २०७८ साल पुस २६ गते सोमबार (सागर आचार्य) प्रवक्ता

BIMSTEC का महासचिवबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) का महासचिव महामहिम श्री Tenzin Lekphell ले राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौंमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा बिमस्टेक प्रकृयालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने बिषयमा  कुराकानी भयो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो  । २०७८ साल पुस २१ गते बुधबार (सागर आचार्य) प्रवक्ता